ऐतिहासिक गाल्जे साँघु मेला सुरु

 माघ १७, २०७९ मंगलबार १४:५२:४४ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – तिलागुफा नगरपालिकाको गाल्जेमा ऐतिहासिक गाल्जे साँघु मेला सुरु भएकाे छ । गएकाे आइतवारदेखि सुरु भएकाे मेला एक हप्तासम्म चल्नेछ । परापूर्वकालमा पतिको निधनपछि सती गएर देवीको अवतार लिएकी सत्यवतीको सम्झनास्वरूप १२ वर्षमा एक पटक यो मेला लाग्ने गर्दछ । माघ पूर्णिमाको अवस/मा ऐतिहासिक तथा धार्मिक महt\त्व बोकेको यो मेला स्थानीयले भव्यरूपमा मनाउने गरेका छन् ।

गएकाे असोज १९ गतेदेखि परेको अविरल वर्षाले ऐतिहासिक गाल्जे साँघु लगायत त्यहाँका सबै पूजाका सामग्री बगाएको थियो । गाल्जे साँघु बगाएपछि स्थानीयले पुनः काठको साँघु तयार गरेका थिए । साँघु निर्माणको काम पूरा भएपछि ऐतिहासिक गाल्जे साँघुको पूजा मेला सुरु गरेको तिलागुफाका मेयर शंकर उपाध्यायले बताउनुभयो । पर्यटन प्रवर्द्धन र धार्मिक क्षेत्रको विकासका लागि नगरपालिकाको आर्थिक सहयोगमा साँघुको पूर्वाधार निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चौलागाईँले बताउनुभयो ।

स्थानीय जुबिथा गाउँका महिलाहरू यो धार्मिक ऐतिहासिक पूजामा नआएमा सत्यवती देवी रिसाउने, अनिष्ट हुने जनविश्वास रहिआएको छ । सात दिन सम्म लाग्ने मेलामा कालीकोटको जुबिथा, गाल्जे, राँचुली, शुभकालिका, महावै, खाँडाचक्र, जुम्ला, दैलेख लगायतका गाउँपालिकाबाट भक्तजन आउने गरेका छन् ।

मेलामा धामी नाचका साथै देउडा लगायतका सांस्कृतिक प्रस्तुतिसमेत हुन्छ । मेलाको मुख्य आकर्षणमा एक सरो धागोमा तिला नदीबाट एक गाग्रीमा पानी ल्याउने, साँघुका बाडामा धामी नाच्ने लगायत रहेकाे छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया