ट्रककाे ठक्करबाट पैदलयात्रीकाे ज्यान गएपछि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

 माघ २१, २०७९ शनिबार २०:२४:४ | अमर सुनार
unn.prixa.net

दैलेख – ट्रकले ठक्कर दिएर पैदल यात्रीको ज्यान गएपछि मृतकका आफन्तकाे अवराेधका कारण बन्द कर्णाली राजमार्ग सञ्चालनमा आएकाे छ । क्षतिपूर्ति दिने सहमति भएपछि यातायात सञ्चालनमा आएको आठबीस नगरपालिकाका मेयर तर्कबहादुर बडुवालले बताउनुभयो ।

कालीकोटबाट सुर्खेतका लागि छुटेको भे १ ख ३५१८ नम्बरकाे ट्रकले गएराति कर्णाली राजमार्गको जाक्सी नजिक ठक्कर दिँदा दैलेखको आठबीस नगरपालिका–३ जाक्सीका ४५ वर्षीय तिलबहादुर माझीको घटनास्थलमै ज्यान गएको थियो ।

ठक्कर दिएर पैदल यात्रीको ज्यान गएपछि भाग्दै गरेको ट्रकलाई २ किलोमीटर टाढा रोकेपछि चालक फरार भएका थिए । चालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपकसिंह विष्टले बताउनुभयो । 

अवरोध हटाउन जिल्लाका सुरक्षा अधिकारीहरु, आठबीस नगरपालिकाका मेयर तर्कबहादुर बडुवालले पहल गर्नुभएको थियो । सडक अवरुद्ध हुँदा बिहानैदेखि सुर्खेत, कालीकोट, जुम्ला र मुगु जाने यात्रुहरु बिचल्लीमा परेका थिए । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया