तीन वर्षकी छोरीकाे हत्या गरेको कसुरमा आमालाई जन्मकैद सजाय

 माघ २४, २०७९ मंगलबार १८:५८:३९ | अमर सुनार
unn.prixa.net

दैलेख – तीन वर्षकी नाबालिग छोरीलाई विष खुवाइ हत्या गरेको कसुरमा दैलेख जिल्ला अदालतले मङ्गलवार आमालाई जन्मकैद फैसला गरेको छ । २२ वर्षीया हरिमाया रावलले एक वर्षअघि माइतीघर दैलेखको गुराँस गाउँपालिका २ लम्चुरीमा नाबालिग छाेरीकाे हत्या गरेको भन्दै याे सजाय गरिएको अदालतले जनाएको छ ।  

तीन वर्षीया छोरी मुना सार्कीलाई विष खुवाई हत्या गरेको पुष्टि भएको भन्दै जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले ती महिलालाई मुलुकी अपराध संहिताको दफा १३७ बमोजिम जन्मकैद (२५ वर्ष) जेल सजाय भएको अदालतका स्रस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।  

घरमा असमझदारी भएपछि माइतीघरमा बस्दै आएकी हरिमायाले भाउजुसँगको विवादमा पीडा बोध गरी आफू र छोरी सँगै मर्ने उद्देश्यले २०७८ माघ २७ गते तरकारीमा छर्नका लागि घरमा राखिएको 'मेटासिटड' विषादी खाएकोमा उपचार चल्दै गर्दा फागुन ४ गते छोरीको ज्यान गएको थियो । माइतीमा बसेको बेला अरू कुनै बाहनामा नाबालिगलाई विष खुवाइ हत्या गरिएको घटना क्षमायोग्य नहुने भन्दै हरिमायाकी सासु डिलसरा सार्कीले जिल्ला प्रहरी कार्यालय दैलेखमा फागुन ४ गते उजुरी दिएपछि त्यही दिन हरिमायालाई प्रहरीले पक्राउ गरेको थियो ।

मृतक बालिकाको शव परीक्षण कर्णाली प्रदेश अस्पताल सुर्खेतमा फागुन ४ गते नै भएको थियो । प्रहरीले गरेको अनुन्धानको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले दैलेख जिल्ला अदालतमा फागुन २७ गते कर्तव्य ज्यानसम्बन्धी अभियोग दर्ता गरेकाे थियो ।

छ वर्षअघि दाङकाे घोराही नगरपालिका १२ रतनपुरका प्रवीण सार्कीसँग हरिकला रावलकाे विवाह भएको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया