सप्तरीमा घरमै पसेर भारतीय नागरिकले गोली चलाउँदा ६५ वर्षीय वृद्ध घाइते

 माघ २६, २०७९ बिहिबार ८:४५:५३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढा टप्पुमा भारतीय नागरिकले चलाएको गोली लाागेर ६५ वर्षीय महेन्द्र पासवान घाइते हुनुभएको छ ।

हिजो बेलुका झण्डै साढे ६ बजेतिर पासवानको घरमै घुसेर एक भारतीय नागरिकले गोली हानेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पासवानको घुँडामा गोली लागेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो। गोली हान्ने व्यक्ति भागेका छन् । उनको खोजी भइरहेको  छ ।

भारतीय सीमासँग जोडिएको यो  गाउँमा पटक–पटक भैँसी चोरी हुने गरेको छ । चोरीको आरोपमा एक जना भारतीयलाई स्थानीय बासिन्दाले समाते पछि गोली प्रहार भएको बुझिएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया