दैलेख : विवाह भएको दुई महिनामै श्रीमतीकाे हत्या

 फागुन २, २०७९ मंगलबार १५:५९:८ | अमर सुनार
unn.prixa.net

कृष्णबहादुर र पार्वतीकाे विवाहको बेला खिचेको फाेटाे

दैलेख – दैलेखमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । गुराँस गाउँपालिका ८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया पार्वती बिसीको हत्या गरेका प्रहरीले जनाएको छ ।

हत्या गर्ने कृष्णबहादुरलाई पक्राउ गरिएको र थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो । गए राति घरायसी विवादमा कृष्णबहादुरले ढोका अड्याउन लगाइने काठको गरालोले दाहिने कञ्चटमा प्रहार गरेर श्रीमतीकाे हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी लम्सालले बताउनुभयो ।

कृष्णबहादुर र पार्वतीबीच गएकाे मङ्सिर २६ गते मागी विवाह भएको थियो । मृतक पार्वतीको माइती घर गुराँस गाउँपालिका–६ मा हो । कृष्णबहादुर बोल्न नसक्ने अनि कान नसुन्ने र पार्वती सुस्त मनस्थितिको भएको कारण के कुराले विवाद सिर्जना भयो भन्ने थाहा नभइसकेकाे मृतकका दाजु केशवकुमार बीसीले बताउनुभयो ।

दैलेख जिल्ला अस्पतालमा शव पोस्टमार्टम गर्दा मृतकको मुखमा घाँस कोचिएको र दाँतसमेत खसेको पाइएको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया