भैंसीले बाली खाएकाे निहुँमा एकल महिलामाथि निर्घात कुटपिट

 असोज २७, २०७५ शनिबार १८:२२:२५ | शैलेन्द्र महतो
unn.prixa.net

महोत्तरी - भैंसीले बाली खाएको निहुँमा एकजना एकल महिलामाथि निर्घात कुटपीट भएको छ ।

महोत्तरीको गौशाला नगरपालिका-११, लक्ष्मीनियाका ४० वर्षीय एकल महिला कुसुमदेवी महतोमाथि निर्घात कुटपीट भएको हो ।

खेतमा भैँसीले बाली खाएको निहुँमा गएकाे बिहीबार अपराह्न कुसुमदेवीमाथि छिमेकी गौरी महतो र उनका छोरा भोला भन्ने रामकुमार महतोले कुटपीट गरेको पीडित परिवारले बताएका छन् ।

कुटपीटबाट घाइते भएकी कुसुमदेवीको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।

भैँसीले खेतमा बाली खाएपछि गौरी महतोले भैँसीलाई मरणासन्न हुने गरी कुटेर घाइते बनाएपछि गुनासो गर्न जाँदा आफूलाई नै निर्घात कुटपिट गरेको कुसुमदेवीले दुखेसो पोख्नुभयो ।

कुसुदेवीले भन्नुभयो, ‘भैँसीलाई घाइते देखेपछि गुनासो गर्न पुगेकी थिएँ । मैले किन भैँसीलाई त्यसरी कुटेको, क्षतिपुर्ति म ब्यहोरिहाल्थें भनें। त्यसै क्रममा समान्य भानाभान भएपछि गौरी र उनका छोराले लात र मुक्काले शरीरको विभिन्न भागमा गहिरो चोट पुग्ने गरी कुटपीट गरेर मलाई घाइते बनाए ।’

कुसुमदेवीका देवर विन्देश्वर महतोका अनुसार कुटपिटपछि इलाका प्रहरी कार्यालय गौशालामा बावुछोरालाई कार्वाहीको माग गरि निवेदनसमेत दर्ता गराइएको छ । तर प्रहरीले एकजनालाई समातेर फेरि छोडिदिएका छन् ।

अहिले पनि उनीहरुले धम्कीसमेत दिइरहेको देवर विन्देश्वरको गुनासो छ ।

यता इलाका प्रहरी कार्यालय गौशालका प्रहरी निरीक्षक भोला भट्टले कुसुमदेवीमाथि समान्य कुटपिट भएकाले त्यसमा संलग्न एकजनालाई समातेर पुनः तारेखमा छोडेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया