सोताङमा मृत भेटिएका राईको सनाखत हुन सकेन, पाेष्टमार्टममा समस्या

 चैत १, २०७९ बुधबार १३:४७:३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिका ३ सोहरामा मृत भेटिएका पुरुषको सनाखत हुन नसक्दा पोष्टमार्टममा समस्या भएको छ ।

गएकाे आइतबार मृत भेटिएका अन्दाजी वर्ष ३५ का सुमेन्द्र राईको आफन्त सम्पर्कमा नआउँदा पोष्टमार्टममा समस्या भएको प्रहरीले जनाएको छ । उहाँको शव मुखबाट रगत बगेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक राम किशोर साहका अनुसार मृतकको साथमा भेटिएको कोरोना खोप कार्डमा निजको ठेगाना भारतको दार्जलिङ कुर्सुङ १५ घर नं.२५ भएको खुलेको खुलेको छ । यद्यपि त्याे ठेगानामा सुमेन्द्र राई नाम गरेका व्यक्ति नभएको भारतीय प्रहरीले जनाएको छ ।

शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ । मृतकको अहिलेसम्म सनाखत हुन नसकेकाले कसैले चिनेकाे भए प्रहरी कार्यालयको सम्पर्क नम्बर ९८५२८९०१९९, ९८५२८९०४६७ वा १०० मा सम्पर्क गरि जानकारी गराई दिन हुन प्रहरीले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया