स्याङ्जाकाे दराैं खाेलामा माछा मार्दै गर्दा ३ चिनियाँ पक्राउ

 चैत १६, २०७९ बिहिबार १६:११:४८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

प्रतीकात्मक तस्बिर

स्याङ्जा – स्याङ्जाको दरौं खोलामा माछा मार्दै गरेका तीन चिनियाँ पक्राउ परेका छन । अर्जुनचौपारी गाउँपालिका ३ काे दरौं खोलामा माछा मार्दै गरेकाे अवस्थामा प्रहरीले गए राति उनीहरूलाई पक्राउ गरेकाे हाे ।

पालिकाले खोलामा करेन्ट लगाई माछा मार्न बन्देज लगाएको अवस्थामा माछा मारिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पक्राउ पर्नेमा ४१ वर्षीय यो जोङ यु, ३६ वर्षीय गाहु र ४० वर्षीय यु स्या हु रहेका प्रहरीले जनाएको छ ।

स्थानीयको खबरपछि अर्जुनचौपारी प्रहरी चौकीका प्रहरी टोलीले उनीहरूकाे साथबाट खोलामा करेन्ट लगाउने मेशिन, जाल, माछा समाउने जाली र बा १२ च २७७ नम्बरको जीप पनि बरामद गरेकाे छ । 

पालिकाले उनीहरूलाई जनही पाँच/पाँच हजार रुपैयाँ जरिबाना गरेको छ। पालिकाले आफूअन्तर्गतका नदीखोलामा जाल हाली, करेन्ट लगाएर माछा मार्न निषेधसहित नगद जरिबाना गर्ने कानुनी व्यवस्था गरेको छ । 

बरामद भएका समानसहित तीन जनालाई प्रशासन कार्यालय ल्याएकाे र घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया