दैलेख : जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, घाइते तीन जनाकाे काठमाण्डाैमा उपचार हुँदै

 चैत २०, २०७९ सोमबार २०:२०:४७ | अमर सुनार
unn.prixa.net

दैलेख – सुर्खेतबाट कालीकाेट जाँदै गरेकाे जीप दैलेखको आठबीस नगरपालिका–१ डाबमा दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । 

जीप दुर्घटना हुँदा घाइते भएका १४ मध्ये चार जना गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाण्डाै लैजाँदै गर्दा कालीकोटकाे नरहरिनाथ गाउँपालिका–७ का ३३ वर्षीय दुर्गबहादुर बोगटीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।

हेलिकोप्टर काठमाण्डौ पुर्‍याइएका नरहरिनाथ–७ का सात वर्षीय तीन जना बालबालिका भीषण बोगटी, प्रतीक्षा बटला र वसन्त बुढाकाे ट्रमा सेन्टरमा उपचार सुरु भएको घाइतेहरूको साथमा जानुभएका वीरेन्द्र सहकारीले उज्यालोलाई जानकारी दिनुभयो ।

कर्णाली राजमार्गअन्तर्गत क १ ज ५५ नम्बरको जीप ब्रेक फेल भएर सडकबाट कर्णाली नदी किनारमा खस्दा चालकसहित १४ जना घाइते भएका दैलेखका डीएसपी लम्सालले बताउनुभयो । दुर्घटनालगतै प्रहरी चौकी पाल्तडा दैलेखबाट गएकाे टाेली र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए । दुर्घटनाका अन्य घाइतेहरूकाे साँङ्गेतडामा रहेकाे मेडिकलमा उपचार भइरहेको छ । प्रहरीले जीपका चालकलाई पक्राउ गरेकाे छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया