विदेशी मुद्रा सञ्चिति १४ खर्बभन्दा धेरै, शोधनान्तर स्थिति डेढ खर्ब रुपैयाँले बचतमा

 चैत २८, २०७९ मंगलबार १५:५८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थतन्त्रका मुख्य सूचकमा सुधार हुँदै गएका छन् । नेपाल राष्ट्र बैंकले आज मङ्गलवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्याङ्कअनुसार मुख्य सूचक केही सकारात्मक देखिएका हुन् ।

साउनदेखि फागुनसम्म चालु खाता ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको आठ महिनामा चालु खाता चार खर्ब ६० अर्ब ७२ करोड रुपैयाँले घाटामा रहेको थियो । यस्तै शोधनान्तर स्थिति एक खर्ब ४८ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको नाै महिनामा शोधनान्तर स्थिति दुई खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको थियो ।

यस्तै विदेशी विनिमय सञ्चितिमा पनि सुधार आएको छ । गएको असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड  रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५ दशमलव २ प्रतिशतले बढेर फागुन मसान्तमा १४ खर्ब एक अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गएको असार मसान्तमा नाै अर्ब ५४ करोड रहेकोमा फागुन मसान्तमा १२ दशमलव १ प्रतिशतले वृद्धि भई १० अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ ।

बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिना नाै दिनको वस्तु आयात र नाै महिना चार दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । तर खुद प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको  छ । आठ महिनामा वैदेशिक लगानी एक अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको आठ महिनामा भने खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया