एकै दिन ७ सयभन्दा धेरै पर्यटक हवाई मार्गबाट लुक्ला पुगे

 बैशाख ३, २०८० आइतबार १९:३१:३० | सुवास दर्नाल
unn.prixa.net

लुक्ला विमानस्थल

सोलुखुम्बु – आज आइतवार एकै दिन सात सय जनाभन्दा धेरै पर्यटक हवाई मार्गबाट लुक्ला पुगेका छन् ।

विमानको ३४ वटा उडान र झन्डै एक सय पटक भएका हेलिकप्टर उडानमार्फत सात सय जनाभन्दा धेरै पर्यटक लुक्ला विमानस्थलमा ओर्लिएका नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । आजका लागि तोकिएका पाँच वटा उडान मौसमका कारण रद्द भएका छन् । लुक्ला पुगेका पर्यटकमध्ये धेरैजसो विदेशी रहेका छन् । वसन्तयाममा पर्वतारोहण तथा पदयात्राका लागि खुम्बु पुग्ने पर्यटकको सङ्ख्या बढेको छ । 

नागरिक उड्डयन प्राधिकरणका कार्यालय प्रमुख महेश श्रेष्ठका अनुसार खुम्बु आउनेसँगै फर्किने पर्यटक पनि त्यतिकै रहेका छन् । उडानको चाप बढेसँगै विमानस्थलका कर्मचारीमा पनि व्यस्तता बढेको छ ।

खुम्बुमा वर्षको दुई सिजन चैत्र, वैशाख, जेठ तथा असोज, कात्तिक र मङ्सिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया