आठ महिने शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ

 कात्तिक ३, २०७५ शनिबार १५:०:१२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – महोत्तरीको औरही नगरपालिकाकी ८ महिने शिशु सोनाली चौधरीको हत्याको अभियोगमा पक्राउ परेका छन् । सोनालीको हत्या भएको झण्डै २ महिनापछि महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वाका २५ वर्षका भरत साह पक्राउ परेका हुन् ।

सोनालीलाई बलात्कार गरी हत्या गरेर फरार रहेका उनलाई सुनसरीको इनरवा भण्टाबारीबाट प्रहरीले पक्राउ गरेको हो । भण्टाबारी प्रहरी चौकीको टोलीले शिशु हत्याको अभियुक्तलाई पक्राउ गरेको हो  महोत्तरीको भंगहा प्रहरी चौकीमा केही महिना अघि इन्चार्जको रुपमा कार्यरत प्रहरी सहायक निरीक्षक अवधलाल साहको टोलीले पक्राउ गर्न सफल भएको जनाइएको छ ।

पक्राउ परेका हत्यारा साहलाई महोत्तरी ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

स्थानीय व्यवसायी सन्तोष चौधरीकी छोरी सोनाली गएको भदौ ९ गते साँझ आमाकै काँखबाट खेल्दै गरेको बेला भरत साहले खेलाउन मागेर बलात्कार गरी हत्या गरेर शवलाई आँप बगैंचामा फालेका थिए । शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरेको सीसीटीभी क्यामेरामा कैद भएको थियो । त्यहि फुटेजबाट हत्यारा साह रहेको पहिचान भएको थियो । तर घटना पश्चात हत्यारा साह लुक्दै आएका थिए ।

घटना पश्चात हत्यारालाई चाँडो पक्राउ गरी कार्वाही गर्न औरहीबासीन्दाले बजार, सडक यातायात बन्द गरी झण्डै एकसातासम्म आन्दोलनसमेत गरेका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया