चीनको आकाशमा अब उसको ‘आफ्नै चन्द्रमा’

 कात्तिक ४, २०७५ आइतबार १०:२०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनले कृत्रिम चन्द्रमा बनाउने भएको छ । चीनको एक कम्पनीले सन् २०२० सम्ममा सडकका बत्तिलाई विस्थापित गर्दै राती आकाश उज्यालो बनाउने गरिको फेक मुन अर्थात् ‘कृत्रिम चन्द्रमा’ बनाउने घोषणा गरेको चीनको सरकारी पत्रिका पिपुल्स डेलीले जनाएको छ । 

यस्तो कृत्रिम चन्द्रमा चीनको आकाशबाट हरेक रात देख्न सकिने खबरमा उल्लेख गरिएको छ । यसले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउन सक्नेछ भने चन्द्रमाको प्रकाश १० देखि ८० किलोमिटर परसम्म फ्याक्न पनि सक्नेछ । थुप्रै वैज्ञानिकले यो घोषणाले अचम्ममा परेको भन्दै यसलाई महत्वकांक्षी परियोजना भनेका छन् । 

के छ यसको योजना ? 

अहिलेसम्म यमे योजनाका बारेमा धेरै कुरा बाहिर आएका छैनन् । पिपुल्स डेलीले पहिलोपटक यो समाचार छेन्दु एरोस्पेश साइन्स एण्ड टेक्नोलोजी माइक्रो इलेक्ट्रोनिक्स सिस्टम रिसर्च इन्स्चिच्युटका अध्यक्ष वु चुनफेङ्को प्रतिक्रियाहरूलाई समेटेर प्रकाशित गरेको छ । 

वुका अनुसार केही वर्षदेखि प्रयोगहरू हुँदै आइरहेका छन् । यो प्रविधि अन्तिम चरणमा छ । सन् २०२० सम्ममा व्यवहारिक रूपमा नै सम्भव देखिएको छ । सन् २०२२ भित्रमा तीनवटा ठूला स्याटेलाइट प्रक्षेपण गर्न सकिने उल्लेख गरिएको छ । कृत्रिम चन्द्रमाले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउनेछ । अहिलेसम्म प्रकाशित समाचारमा भने यसमा सरकारी सहायता छ की छैन भन्ने खुलाइएको छैन । 

कसरी काम गर्छ नक्कली चन्द्रमा ?

चाइना डेलीका अनुसार नक्कली चन्द्रमाले एक ऐना जसरी काम गर्छ । जहाँ सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउनेछ । 

यो चन्द्रमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र रहेकै उचाई अर्थात् पृथ्वीभन्दा झण्डै ५०० किलोमिटर पर रहेर परिक्रमा गर्नेछ । वास्तविक चन्द्रमा पृथ्वीभन्दा औसत ३ लाख ८० हजार किलोमिटर टाढा रहेर परिक्रमा गर्छ ।

यसको प्रकाशले १० देखि ८० किलोमिटरसम्म समेट्छ जुन वास्तविक चन्द्रमाको भन्दा आठ गुणा चमकदार हुनेछ । इन्स्चिच्युटका अध्यक्ष वुका अनुसार यो चन्द्रमाको चमक र शुद्धतालाई नियन्त्रण गर्न सकिन्छ । 

यसले प्रकृतिमा कस्तो असर पार्छ ?

हार्बिन इन्सिटिच्युट अफ टेक्नोलोजीका निर्देशक केग विमिनले पिपल्स डेलीसँग कुरा गर्दै नक्कली चन्द्रमाले प्रकृतिमा असर नगर्ने बताएका छन् । तर, चीनको सामाजिक सञ्जालमा यस चन्द्रमाको बारेमा चर्चा र चिन्ता बढ्दै गइरहेको छ ।

चन्द्रमाको कारणले राति बिउँझै बस्ने जीवजन्तुलाई असर गर्ने बताएका छन् । केही मानिसले भने चीनमा प्रकास प्रदुषणको समस्यालाई तप वृद्धि गर्ने बताएका छन् ।

इन्टरनेशनल डार्क स्काई एशोसिएसन पब्लिक पोलिसीका निर्देशक जन बैरेनटीनले फोब्र्ससँग चन्द्रमाका कारण रातको समयमा प्रकाश बढ्ने बताएका छन् । डा. सिरिओटीले पनि बीबीसीसँग भनेका छन् ‘नक्कली चन्द्रमाको प्रकाश अत्याधिक भएमा यसको असर प्रकृतिमा पर्नेछ ।’ 

बीबीसी हिन्दीकाे सहयाेगमा 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया