सोलुखुम्बु : सल्लेरीकाे खोल्सीमा फोहरको थुप्रो, खोल्सामै ढल मिसाइँदा दुर्गन्ध फैलियो

 बैशाख १६, २०८० शनिबार १०:५४:८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुकाे सदरमुकाम सल्लेरी आसपासको खोल्साखोल्सी फोहरको थुप्रोले भरिएका छन् । सोलुदूधकुण्ड नगरपालिका-४ र ५ सहित आसपासका क्षेत्रका खोल्सीमा फोहरको थुप्रो देखिन्छ । घर तथा कलकारखानाको फोहर जथाभाबी खोला तथा खोल्सामा फाल्ने गरिएको छ ।

प्लाष्टिकजन्य वस्तु, कागज तथा टिनका टुक्रा थुप्रिएका छन् । गर्मीसँगै दुर्गन्ध फैलिन थालेको र रोग फैलिने जोखिम बढेको वसन्त बजारकी बुद्धलक्ष्मी तामाङले बताउनुभयो । सल्लेरी क्षेत्रका घरको ढलसमेत खोल्साखोल्सीमा मिसाउँदा दुर्गन्ध बढेको सल्लेरीमा बस्दै आएकी सरिता लामिछाने बताउनुहुन्छ ।

फोहर सङ्कलन र व्यवस्थापनका लागि नगरपालिकाले गाडीको व्यवस्था गरेको भए पनि स्थानीय बासिन्दाले जथाभाबी फाल्दा समस्या हुने गरेको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले बताउनुभयो ।

चेतनाको अभावले भन्दा पनि सचेत नागरिकबाटै लापरबाही हुने गरेको उहाँको भनाइ छ । फोहर व्यवस्थापनका लागि नगरपालिकाले काम गरिरहेको मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया