अमेरिकी राजदूत थम्पसन नाम्चेमा, नेपालसँगको सम्बन्ध थप बलियाे हुने भनाइ

 बैशाख १८, २०८० सोमबार २०:३:५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नेपाल र अमेरिकाबीचकाे सम्बन्ध थप बलियाे हुने बताउनुभएकाे छ । 

सगरमाथा आरोहण गर्ने पहिलो अमेरिकी जिन विथ टेकरले आरोहण गरेको ६० वर्ष पुगेको उपलक्ष्यमा सोलुखुम्बुको नाम्चेमा आज साेमवार आयोजित कार्यक्रममा बोल्दै राजदूत थम्पसनले अमेरिकाले नेपालसँग थप सहकार्य गरेर अघि बढ्न चाहेकाे बताउनुभयाे । नेपालसँग आफूहरूकाे सम्बन्ध पुरानो भएकाले यसलाई थप बलियाे बनाउन चाहेको उहाँकाे भनाइ छ । 

जिन विथ टेकर सन् १९६३ मे १ तारिखका दिन पहिलो अमेरिकीका रूपमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएकाे थियाे । अहिले ९५ वर्ष हुनुभएका टेकर अमेरिकामै हुनुहुन्छ ।

टेकरले आरोहण गरेको ६० वर्ष पूरा भएको उपलक्ष्यमा अमेरिकी दूतावासले नाम्चेको हिमालय आविमा आयोजना गरेको कार्यक्रममा राजदूत थम्पसनसहित, पूर्वराजदूत दावा फुटी शेर्पा, जनप्रतिनिधि, पर्यटन व्यवसायीलगायतकाे उपस्थिति रहेकाे थियाे । 

हेलिकप्टरबाट नाम्चे आउनुभएका राजदूत थम्पसन मौसम प्रतिकूलताका कारण फर्किन सक्नुभएकाे छैन । अहिले राजदूतसहितको टाेली नाम्चेमै रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया