लमजुङको पैह्रेमा 'पानी माग्दै' लगाइयो लघु रुद्री पूजा

 बैशाख ३०, २०८० शनिबार १६:३६:३७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–९, पैह्रेमा रहेको तारकेश्वर शिवालय मन्दिरमा 'पानी माग्दै' बृहत् लघु रुद्री लगाइएको छ । पानी पार्न, मौलिक कला, परम्परा संस्कृतिको जगेर्नाका साथै विश्व समुदायको सुख–शान्तिको कामना गर्दै बृहत् लघु रुद्री लगाइएको तारकेश्वर शिवालय मन्दिरका अध्यक्ष रामहरि न्यौपानेले बताउनु भयाे । 

पाणेनी संस्कृत मावि दुराडाँडामा अध्ययनरत ८ जना बटुक, ३ जना ब्राह्मण गुरु र स्थानीय अन्य १० जना गरी २० जना ब्राह्मण टोलीद्वारा सबै समुदायका मानिसहरु एकआपसमा जमघट भइ मन्दिरमा पाठ पारायण, स्वस्ति शान्ति, विश्व शान्ति, जप, होमहोमादी गर्दै लघु रुद्री लगाइएको हाे । 

पानी नपर्दा अहिले सुक्खा खडेरी बढेकाले खेतिपातीका साथै जनजीवनमा पनि असर परेकाले ‘पानी परोस्’ भन्ने कामनासहित धार्मिक विधिपूर्वक मन्दिर परिसरमा शिवलिङ्गमा जपसहित जलाधारा गरिएको न्याैपानेले बताउनुभयो ।

भगवान् शिव पानीका पनि देवता रहेकाले पानी माग्दै सबै स्थानीय मिलेर धार्मिक विधिपूर्वक शिवजीको पूजा–आराधना गरिएकाे उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया