माडी जलविद्युत् आयोजना नबन्ने, सम्पर्क कार्यालय पनि हट्यो

 जेठ ७, २०८० आइतबार २०:२५:४७ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको माडी खोलाबाट एक सय ५६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी गएकाे तीन वर्ष अघिदेखि सम्भाव्यता अध्ययन सुरु भएको माडी जलाशययुक्त जलविद्युत् आयोजना नबन्ने भएको छ ।

सरकारको स्वामित्वमा रहेको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र चीन सरकारको स्वामित्वमा रहेको पावर कन्स्ट्रक्शन कर्पोरेशन अफ चाइना (पावर चाइना) को संयुक्त लगानीमा बन्ने भनेको माडी जलाशययुक्त आयोजना लागत बढी लाग्ने देखिएपछि लगानीकर्ताले हात झिकेका हुन् ।

२०७६ साउन ५ गते विद्युत् विकास विभागबाट अनुमति लिई सम्भाव्यता अध्ययन सुरु गरिएको थियो । १८ महिनामा विस्तृत अध्ययन गरी छ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकाे यस आयोजनाले २०७६ माघ ४ गते माडीचौरमा सम्पर्क कार्यालय स्थापना गरेको थियो । तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गरेको यस सम्पर्क कार्यालय हिजाे शनिवार हटाइएको छ ।

आयोजना स्थगन भएपछि कार्यालयमा भएका जिन्सी समानहरू रोल्पा नगरपालिकालाई हस्तान्तरण गरिएको एचआईडीसीएलका प्रबन्धक दीपक पौडेलले बताउनुभयाे । ‘कम्पनीको सञ्चालक समितिको दुई सय ५८ औँ बैठकले आयोजनाको कुनै पनि संरचना नराख्ने निर्णय गरेसँगै कम्पनीको स्थिर सम्पत्ति पालिकालाई हस्तान्तरण गरेका हौँ’, उहाँले भन्नुभयाे, ‘योसँगै माडी जलविद्युतको निर्माण प्रक्रिया पनि पूर्णरूपमा स्थगन भएको छ ।’

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • मोहन नेपाली

    May 22, 2023, 7:56 a.m.

    लाज मर्दो काम गर्छन नेता भारौते हरु ले गर्छु त भन्छन तर गरी सक्दैनन् आफ्नो ठाउँमा विकास गर्नु न सक्ने नेता ले किन सम्झौता गर्नु लाज पचेका

  •  0 Reply

तपाईको प्रतिक्रिया