निहुरो बेचेर घरखर्चको जोहो

 जेठ ९, २०८० मंगलबार १०:५१:११ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बु माप्यदूधकोशी गाउँपालिका-५ काँकुकी डोल्मा शेर्पा बिहान सबेरै उठ्नुहुन्छ । उठेर भुटेकाे मकै पाेकाे पार्नुहुन्छ अनि निहुराे टिप्न जङ्गल जानुहुन्छ ।

उहाँ हप्तादिनभरि निहुराे टिप्नुहुन्छ अनि शनिवार सदरमुकाम सल्लेरीमा लाग्ने साप्ताहिक हाट बजारमा बिक्री गर्नुहुन्छ । निहुराे बेचेर आएकाे आम्दानीबाट उहाँकाे घरखर्च र बालबच्चाकाे पढाइ खर्च टरेकाे छ । जङ्गलमा यत्तिकै खेर जाने निहुरोको साग बेचेरै करिब १५ वर्षदेखि डोल्माले आफ्नो जिन्दगी धान्दै आउनुभएको छ । यही आम्दानीबाट उहाँले १० जनाको परिवार  पाल्दै आउनुभएको छ ।

शेर्पा भन्नुहुन्छ 'नगरे के गर्नु । हामी गरिबलाई कसैले ऋण पत्याउँदैन्, यही जङ्गलको निहुरो टिप्छु, बिक्री गर्छु र छोराछोरीलाई पढाउँछु, आम्दानीको अरु बाटो छैन । के गर्नु खै ।’

न्यून आय स्रोत भएकाहरूलाई वर्षातमा उत्पादन हुने निहुरो कमाइकाे आधार बनेकाे छ । वर्षातमा निहुरो बेचेर र हिउँदमा पिँडालु बिक्री गरेर डोल्माले हप्तामा ३ हजार रुपैयाँसम्म आम्दानी गर्नुहुन्छ । बिहान उज्यालो नहुँदै जङ्गल तथा खोलाखोल्सीमा पुग्ने डोल्मा बेलुका भएपछि मात्रै जङ्गलबाट फर्किने गर्नुहुन्छ ।

अहिले शेर्पा मात्रै हैन सोलुखुम्बुमा न्यून आय स्रोत भएका परिवारका थुप्रै महिलाहरुले निहुराे बेचेरै घरखर्च धान्दै आएका छन् । जङ्गल तथा खोलाखाल्सीमा उम्रिएको निहुरो बिक्रीबाट उनीहरुले घर खर्च टार्नेदेखि बालबालिकाको पढाइ खर्च समेत धानिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया