वडाध्यक्षले विद्यालयको भवन भत्काएपछि सडकमै पढे विद्यार्थी ( फोटोफिचर)

 कात्तिक ८, २०७५ बिहिबार १५:२४:३५ | शैलेन्द्र महतो

धनुषा – सडक विस्तारको क्रममा वडाध्यक्षले सामुदायिक विद्यालय भनव भत्काएको विरोधमा विद्यार्थीहरु सडकमै बसेर पढेका छन् । जनकपुरधाम उपमहानगरपालिका –२१, कुर्थामा रहेको राजर्षि जनक उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु बिहीबार विरोधस्वरुप सडकमै बसेर पढेका हुन् ।
 
गएको वैशाख महिनाको पहिलो साता वडा नं. २१ का वडाध्यक्ष प्रमेश्वर महासेठले सडक विस्तारको क्रममा कक्षाकोठाको पर्खाल र कम्पाउन्ड वाल रातिको समयमा डोजर लगाएर भत्कााउनु भएको थियो । ६ वटा कक्षाकोठा पर्खाल र विद्यालयको वाल भत्काएपछि त्यस विद्यालयमा अध्ययनरत्त ६ सय विद्यार्थी ६ महिनादेखि सडकको धुवाँधुलो खाएर पढ्न बाध्य छन् ।

विद्यालयको उत्तरछेउ टाँसिएरै रहेको तर्फको जनकपुर लोहरपट्टी सडकखण्ड अतिव्यस्त सडक भएकाले त्यस सडकबाट आवतजावत गर्ने सवारीसाधनको गुड्दा उड्ने धुलो र ध्वनी प्रदुषणले विद्यार्थी र शिक्षको स्वास्थ्यमा असर परेको कक्षा १० मा अध्ययनरत्त विद्यार्थी रामकुमार महासेठको गुनासो छ । विद्यालयको भवन र पर्खाल भत्काएदेखि धुलो र ध्वनी प्रदुषणले पठनपाठनमा निकै समस्या भइरहेको विद्यार्थीहरुको भनाई छ ।  

विद्यार्थीहरुले जनकपुर लोहरपट्टी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध गरेर सडकमै बसेर पढेका छन् । विद्यार्थीहरु सडकमै बसेर पढ्दा आवतजावत पूर्ण रुपमा ठप्प भएको थियो ।
 
विद्यालयको ६ वटा कक्षाकोठा भत्काएपछि कक्षाकोठाको अभावमा गर्मीमा जसोतसो बाहिर राखेर पढाए पनि अब जाडोमा समस्या हुने विद्यार्थीको गुनासो रहेको छ ।  विद्यार्थीले जाडोमा पढ्न समस्या हुने बताएपछि विद्यार्थीको दबाबमा नै सांकेतिक विरोधस्वरुप सडकमा पठनपाठन गराएको प्रअ वीरेन्द्र कुमार यादवले बताउनुभयो ।
 
विद्यालयको कक्षाकोठा भवनको पर्खाल र वाल भत्काएर वडाध्यक्ष महासेठले सडकमै उत्तरतर्फ वडा कार्यालय निर्माण गरेपछि कुर्थावासीसमेत आक्रोशित भएका छन् । उनीहरुले वडाध्यक्ष महासेठको चर्को आलोचना गर्दै आएका छन् भने गएको कार्तिक ४ गते जनकपुरमा वडाध्यक्ष महासेठ, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको विरुद्धमा प्रदर्शन गर्नुको साथै जिल्ला प्रशासन कार्यालय र उपमहानगरपालिका कार्यालय घेराउ गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया