कर्णाली राजमार्गमा दुर्घटना बढ्दो, कम गर्न निरन्तर अभियान चलाइरहेको प्रहरीको दाबी

 जेठ २९, २०८० सोमबार १३:३०:५० | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेटकाे राँचुली गाउँ जाने सडक, फाइल फाेटाे

कालीकाेट – कर्णाली राजमार्गमा सडक दुर्घटना बढ्न थालेको छ । २०६२ सालमा ट्र्याक खुलेकाे राजमार्गको सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्ला पुग्ने सडक खण्डमा दुर्घटना बढेको हो ।

याे राजमार्गमा बर्सेनि औसतमा दुई हजार जनाभन्दा धेरैले ज्यान गुमाउने गरेका प्रहरीकाे तथ्याङ्कले देखाएको छ । प्रहरीको तथ्याङ्कअनुसार कालीकोट सडक खण्डमा आर्थिक वर्ष २०७७/०७८ मा छ जनाको ज्यान गएको थियो भने २०७८/०७९ मा आठ जनाको ज्यान गएको थियो । यस्तै २०७९/०८० मा १५ जनाको ज्यान गएको छ ।

यो तथ्याङ्क कालीकोट जिल्लाभित्र भएको गाडी दुर्घटनाको हो । कर्णाली राजमार्गको सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगु खण्डको दुर्घटना तथ्याङ्क हेर्ने हो भने अझै डरलाग्दाे छ । कर्णालीका जिल्लामा सडक पुगे पनि सडकको स्तरोन्नति, समयमै मर्मत र ट्राफिक नियमको पूर्णरूपमा पालना नगर्दा सडक दुर्घटना बढ्दै गएको छ ।

कच्ची सडकमा तीव्र गतिमा गाडी चलाउनु र सडकमा हुने खाल्डोका कारण दुर्घटना बढेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालले बताउनुभयो । सडक दुर्घटना कम गर्न निरन्तर अभियान चलाइरहेको पनि उहाँको दाबी छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया