ड्रोनबाट यस्तो देखिन्छ निर्माण सुरु भएको एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदान

 जेठ ३१, २०८० बुधबार १६:३८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रुपन्देहीको तिलोत्तमामा ४० करोड रुपैयाँको निजी लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बन्ने भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १७ दरखसवामा बन्ने एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको गएको सोमवार शिलान्यास भएको हो ।

एक्स्ट्राटेक ओभल प्रालि र यसका निर्देशक विनोद कुँवर तथा चिफ अपरेटिङ अफिसर सुदीक्षा गौतमसँग यस रङ्गशालाको स्वामित्व रहेको छ । 

पहिलो वर्ष ५ हजार दर्शक क्षमताको रङ्गशाला बनाइने र प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बनाउने योजना रहेको कुँवरले बताउनुभयो। एक्स्ट्राटेक ओभल क्रिकेट मैदानलाई रङ्गशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया