रोल्पा र रुकुमका मगर समुदायले भूम्या पर्व मनाउँदै, आज सार्वजनिक बिदा

 असार १, २०८० शुक्रबार ७:४७:४६ | माधवकुमार ओली
unn.prixa.net

राेल्पा - रोल्पा र रुकुमका मगर समुदायले आज भूम्या पर्व मनाउँदै छन् । रोल्पाको थबाङ, सुनछहरी गाउँपालिका र रुकुमका विभिन्न गाउँहरुमा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । यो पर्वमा विशेषगरी जमिनको पूजा गरिन्छ । 

भूम्या पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले रोल्पा र रुकुममा आज सार्वजनिक बिदा समेत दिएको छ।

भूमि देवता खुसी भए प्राकृतिक विपत्ति बेहोर्न नपर्ने विश्वासकासाथ यो पर्व मनाउने गरिन्छ । 

यो पर्वमा युवायुवतीदेखि बुढाबुढीसम्म एकैचोटी धेरै जना नाच्न सकिने नोको बाङ्गे नाचको पनि आयोजना गरिन्छ । वसन्त ऋतुमा विवाह गर्ने जोडीको दाम्पत्य जीवन सधैँ सुखी हुने धार्मिक संस्कारलाई कायम राख्न भूम्या पर्वको सुरुवात गरिएको मगर समुदायका अगुवाहरु बताउँछन् । 

 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया