प्रदेश २ सरकारका तीन निर्णय : प्रदेश सचिवालयको नामाकरणदेखि विवाहपञ्चमीका लागि ५० लाख दिनेसम्म

 कात्तिक ९, २०७५ शुक्रबार १९:३४:४८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रदेश २ को मन्त्रिपरिषद बैठकले जनकपुर चुरोट कारखाना लिमिटेड(जचुकाली)को परिसरमा रहेको प्रदेश सरकारको सचिवालयलाई मधेश भवन नामाकरण गरेको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले जचुकाली परिसरभित्र हाल कायम रहेको सचिवालयका भवनहरुलाई मधेश भवन घोषणा गरेको हो ।

यस्तै बैठकले एक महिनाभित्र आवश्यक कर्मचारी पठाउन संघीय सरकारलाई आग्रहसमेत गर्ने निर्णय गरेको छ । प्रदेश सरकार तयार पारेको कर्मचारी संगठनात्मक संरचना (ओएनएम) अनुसारको कर्मचारी एक महिनाभित्र पठाउन संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो । एक महिनाभित्र संघीय सरकारले आवश्यक कर्मचारी नपठाए प्रदेश सरकारले आफै व्यवस्था गर्ने निर्णयसमेत मन्त्रिपरिषदको बैठकले गरेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताउनुभयो ।
 
यस्तै प्रदेश २ सरकारले आउँदो मंसिरमा हुने रामजानकी विवाह पञ्चमी महोत्सव भव्यताका साथ मनाउन ५० लाख दिने निर्णय समेत गरेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया