ताप्लेजुङ : मैवाखोलाका ५ वटा लघु जलविद्युत् आयाेजना बाढीमा बगेपछि पूरै गाउँ अन्धकार

 असार ४, २०८० सोमबार १९:२४:४९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँच वटा लघु जलविद्युत् आयोजना गए रातिको बाढीले बगाउँदा पूरै गाउँ अन्धकार भएको छ । 

बाढीले मैवाखाेला गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेका लघु जलविद्युत् आयाेजनाका केहीको पावर हाउस नै बगाएको छ भने केहीको पानी ट्याङ्की र केहीको पूरै संरचना बगाएर लगेको छ ।

गाउँपालिकाको वडा नम्बर ४ मा रहेको १८ किलोवाटको लोदम्बा हाइड्रो पहिरोले बगाएको छ । त्यस्तै ३६ किलोवाटको याम्फेवा हाइड्रो पावर हाउसमा क्षति पुगेकाे छ भने ३२ र ६४ किलोवाटको माङमाया १ र मङमाया २ माइक्रो हाइड्रोमा पनि पूर्णरूपमा क्षति पुगेकाे गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो । त्यही क्षेत्रमा रहेको १५ किलोवाटको ठाडेखोला लघु जलविद्युत् आयोजना पूर्णरूपमा बगाएको अध्यक्ष बनेमले बताउनुभयो ।

अहिले गाउँमा मोबाइल तथा विद्युतीय सामग्रीहरू पूरै बन्द भएका छन् ।  बाढीले ठाडेखोला लघु जलविद्युत् आयोजनामा कार्यरत अपरेटर भिमबहादुर तामाङ घाइते भई स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको गाउँपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया