वैदेशिक रोजगारी सम्बन्धी सचेतना फैलाउन खोटाङमा गन्धर्व गीति यात्रा

 असार ६, २०८० बुधबार १२:२:२६
unn.prixa.net

लीला निरौला/खोटाङ ।

 खोटाङ – वैदेशिक रोजगारी सम्बन्धी  सचेतनाका लागि  दिक्तेल रुपाकोट मझुवागढी  नगरपालिकामा गन्धर्व गीति यात्रा  सुरु गरेको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो सबै वडामा सञ्चालन गर्ने गरी गएको जेठ  २९ गते  दिक्तेलबाट  गन्धर्व गीति यात्रा  गरिएको हो ।

गीत सङ्गीतको माध्यमबाट वैदेशिक रोजगार सम्बन्धी सचेतना मूलक सन्देश फैलाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत गन्धर्व गीति यात्रा सुरु गरेको हो । 

 अहिलेसम्म नुनथला, जालपा, विजयखर्क, बुइपा, बाम्राङ, लफ्याङ, खाल्ले, सोल्मा,  खार्मी  पाथेकामा गन्धर्व गीति यात्रा सकिएको छ ।

 गन्धर्व यात्राका क्रममा ‘स्वदेश मै रोजगारी गरौं, विदेश जाने हो भने  बुझेर र सीप सिकेर मात्र जाऔँ’, ‘वैदेशिक रोजगारीमा संलग्न  परिवारलाई हिंसा आरोप र लाञ्छना  नलगाऔँ,  विदेशमा कमाएको पैसालाई सदुपयोग गरौँ’  लगायतका सन्देश बोकेका बढीमा ७ वटा गीत सुनाउने गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया