मनसुन सक्रिय भएपछि किसानलाई राहत : कतै रोपाइँ सुरु, धेरै ठाउँमा तयारी चल्दै (फाेटाेसहित)

 असार १०, २०८० आइतबार ११:२८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - असार सुरु भएसँगै काठमाण्डाै उपत्यकासहित देशभर किसानहरु रोपाइँमा व्यस्त हुन थालेका छन् । काठमाण्डाै उपत्यकासहित धेरैजसो ठाउँमा पानी पर्न थालेपछि किसान धान रोपाइँ तथा तयारीमा जुटेका हुन् ।  गएको जेठ ३१ गते नेपाल भित्रिएको मनसुन एक हप्तापछि देशभर फैलिएको थियो । मनसुन सक्रिय भएसँगै पानी पर्न थालेपछि किसानलाई राहत भएकाे छ ।

भक्तपुरको निकोसेरामा पनि यतिबेला किसानहरु धान रोप्न व्यस्त छन् । उनीहरु जेठकाे अन्तिममै धान रोप्नका लागि पर्याप्त पानी परेकाले राेपाइँ थालेकाे बताउँछन् । राेपाइँका लागि आकाशे पानीकाे भर पर्नु पर्ने भएकाले पनि खेतमा पानी जम्नेबित्तिकै राेपाइँ सुरु गरेकाे उनीहरुकाे भनाइ छ । सामान्यतया असार १५ गतेदेखि राेपाइँ सुरु हुने भए पनि पानी परेपछि असारको पहिलो हप्तादेखि नै किसानहरु राेपाइँको चटारोमा छन् । 

छिटपुट ठाउँमा बाहेक धेरैजसो ठाउँमा अहिले पानी परेको छ । आकाशे पानीको भर पर्नुपर्ने ठाउँमा अहिले धानबालीको काम सुरु भएको छ । पानी नपर्दा धानको बिउ मात्रै होइन, मकै, भटमासलगायतका बर्खेबालीमा असर पुगेकाे थियाे । सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ धमाधम भइरहँदा आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा पनि राेपाइँ सुरु भएको हाे । देशका धेरै ठाउँमा असार मसान्तसम्म र साउनको पहिलो हप्तासम्म रोपाइँ हुन्छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया