महाराष्ट्रमा एउटा ट्रकले चार वटा गाडीलाई ठक्कर दिँदा ९ जनाकाे ज्यान गयाे

 असार १९, २०८० मंगलबार १६:४१:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको महाराष्ट्रमा एउटा ट्रकले अरू गाडीलाई ठक्कर दिएर पसलमा गएर बजारिँदा नौ जनाको ज्यान गएको छ । यस घटनामा अन्य २० जनाभन्दा धेरै घाइते भएका छन् ।

मध्य प्रदेशबाट धुलेतर्फ गइरहेको ट्रक मुम्बई–आगरा राजमार्गअन्तर्गत धुले जिल्लाको पालस गाउँमा 'ब्रेक फेल' भएपछि अनियन्त्रित भएर पल्टिएको थियो । ट्रक दुई वटा मोटरसाइकल, एउटा कार र अर्को ट्रकलाई पछाडिबाट ठक्कर दिएर पसलमा बजारिएको थियो ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई अस्पताल भर्ना गरिएकाे र प्रहरीले दुर्घटनाकाे जाँच शुरु गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया