भारतका विभिन्न राज्यमा मुसलधारे वर्षा : ७ सय सडक बन्द, हिमाचल प्रदेश सबैभन्दा धेरै प्रभावित

 असार २४, २०८० आइतबार १९:५२:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतका विभिन्न राज्यमा भइरहेको मुसलधारे वर्षाले ठूलो जनधनको क्षति गरेको छ । वर्षाले सात सय वटाभन्दा धेरै सडक बन्द रहेका छन् ।

हिमाचल प्रदेशमा पहिरो र बाढीका कारण आज आइतवार पाँच जनाको ज्यान गएको छ । बाढीले सिमला, मनाली, कुल्लु, किन्नौर र चम्बामा दर्जनौँ पसल र गाडी बगाएको भिडियो सार्वजनिक भएको छ । बाढीले राष्ट्रिय राजमार्गसँगको सम्पर्क टुटेको छ । केही व्यक्तिले आफ्नो जीवनकालमा यति ठूलो वर्षा र बाढी कहिल्यै नदेखेको बताएका छन् । प्रशासनले दुई दिन विद्यालय र कलेज बन्द गर्न आदेश दिएको छ ।

यस्तै पर्यटक तथा स्थानीय बासिन्दालाई यात्रा नगर्न र नदी नजिक नजान अपिल गरिएको छ । मौसम विभागले हिमाचल प्रदेशका १२ मध्ये १० वटा जिल्लामा 'रेड अलर्ट' जारी गरेको छ । धेरै ठाउँमा २४ घण्टामा दुई सय चार मिलिमिटरभन्दा धेरै वर्षा हुने अनुमान छ । हिजो शनिवारमात्रै भारतको राजधानी नयाँ दिल्लीमा २० वर्षयताकै ठूलो वर्षा भएको थियो । हिजो बिहानदेखि बेलुकासम्म भएको वर्षाले २० वर्ष पुरानो 'रेकर्ड' तोडेको बीबीसी हिन्दीले जनाएको छ ।

यसैबीच भारतका केही राज्यमा अबको तीन दिन मुसलधारे वर्षाको चेतावनी जारी भएको छ । मौसम पूर्वानुमान विभागले आजका लागि पहेँलो चेतावनी जारी गरेको छ । हरियाणा, हिमाचल प्रदेश, उत्तराखण्ड, राजस्थान, पञ्जाब र जम्मु काश्मिरमा मुसलधारे पानी पर्ने विभागको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया