भारतमा गाेलभेँडा किलाेकाे २ सय भारुसम्म पुग्याे, केन्द्र सरकार आफैँले किनेर उपभोक्तालाई ३० प्रतिशत सस्तोमा बेच्ने

 असार २८, २०८० बिहिबार १६:३५:२४ | एजेन्सी
unn.prixa.net

भारतमा गाेलभेँडा (टमाटर) को मूल्य बढ्दै गएपछि केन्द्र सरकारले भाेलि शुक्रवारदेखि खुद्रा बजारमा सहुलियत दरमा बिक्री गर्ने भएको छ ।

देशका कतिपय ठाउँमा टमाटरको मूल्य प्रतिकिलो दुई सय भारुसम्म पुगेको छ । भारतको उपभोक्ता मामिला मन्त्रालयले दिल्ली–एनसीआर, उत्तर प्रदेश, बिहार र पश्चिम बङ्गालमा सहुलियत दरमा टमाटर बिक्री गरिने जनाएको छ ।

उपभोक्ता मामिला सचिव रोहित कुमारले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारीअनुसार सरकारले सम्बन्धित क्षेत्रमा टमाटरको अहिलेको मूल्यभन्दा ३० प्रतिशत कम मूल्यमा नागरिकलाई दिनेछ । यसका लागि केन्द्रले उत्पादक राज्य कर्नाटक, महाराष्ट्र र आन्ध्र प्रदेशबाट टमाटर खरिद गर्ने निर्णय गरेको छ ।

सरकारले यसअघि प्याजको मूल्य आकाशिँदा पनि आफैँ खरिद गरेर उपभोक्तालाई सस्तोमा दिएको थियो । टमाटर चाँडै कुहिने भएकाले यो काम चुनौतीपूर्ण भने रहेको सरकारले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया