व्यावहारिक शिक्षा दिने देशले मात्रै प्रगति गर्न सक्छ : सभामुख घिमिरे

 असार ३१, २०८० आइतबार १३:४५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सभामुख देवराज घिमिरेले व्यावहारिक शिक्षा दिन सक्ने देशले मात्रै प्रगति गर्न सक्ने बताउनुभएको छ ।

आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले व्यावहारिक शिक्षा दिन सक्ने देशले मात्रै प्रगति गर्न सक्ने बताउनुभएको हो । उहाँले शिक्षा प्रणालीको ठिक ढङ्गले विकास गर्न नसकेका देशहरूले विश्वमा प्रगति गर्न नसकेका पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समाजलाई विकास गर्ने सन्दर्भमा शिक्षा जुन रूपबाट विकास गर्नुपर्थ्याे त्याे हुन सकेन कि भन्ने प्रश्न उठिरहेको छ । शिक्षा भनेकाे के हो ? शिक्षा हामीले प्राप्त गरेको ज्ञान, ज्ञानको विकास र ज्ञान विस्तार गरेर विश्वलाई हेर्ने कुराहरू हो । र जुन देशले शिक्षा ठिक ढङ्गले विकास गर्न सकेको छ, शैक्षिक जनशक्ति विकास गर्न सकेको छ, व्यावहारिक शिक्षा दिन सकेको छ, त्यसलाई व्यवहारमा उतारेर शिक्षाको गुणस्तरलाई परिवर्तन गर्न सकेको छ, त्यो देशले मात्रै विश्वमा प्रगति गर्न सकेकाे छ ।’

सभामुख घिमिरेले शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापहरूले महत्त्वपूर्ण पाइलाको शुरुवात गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया