भारतमा अर्को वर्ष हुने आमचुनावमा मोदीविरुद्ध रणनीति बनाउन २६ दल एकै ठाउँमा

 साउन ३, २०८० बुधबार ६:३२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतमा अर्को वर्ष हुने आमचुनावमा नरेन्द्र मोदीविरुद्ध रणनीति बनाउन २६ वटा विपक्षी दल एकै ठाउँमा जुटेका छन् ।

दक्षिणी राज्य कर्नाटकको बैङ्गलुरुमा बसेको संयुक्त बैठकमा कुन दलले कति सिटमा प्रतिस्पर्धा गर्ने र साझा न्यूनतम कार्यक्रमका विषयमा छलफल गरेको छ ।

हिजोको बैठकमा कांग्रेस आईकी सोनिया गान्धी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायका शीर्षस्थ विपक्षी नेता सहभागी थिए ।

उनीहरूले गठबन्धनको नाम ‘इन्डियन नेश्नल डेभलपमेन्ट इन्क्लुसिभ अलाइन्स’ अर्थात् (इन्डिया) तय गरेका छन् ।

गठबन्धनले आफ्नो नेता चयन गर्न ११ सदस्यीय एउटा समन्वय समिति बनाउने कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले बताएको बीबीसीले जनाएको छ ।

चुनावअघि यो विपक्षी दलको दोस्रो ठूलो बैठक हो । उनीहरूले सिट बाँडफाँटलगायतका विषयमा छलफललाई केन्द्रित गरेका छन् ।

प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले सन् २०१९ मा पाँच सय ४३ सदस्यीय तल्लो सदन लोकसभामा तीन सयभन्दा धेरै सिट जितेको थियो । 
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया