भारतको महाराष्ट्रमा पहिरो : चार जनाको ज्यान गयो, २२ जनाको उद्धार

 साउन ४, २०८० बिहिबार १०:४:२४ | एजेन्सी
unn.prixa.net

भारतको महाराष्ट्रमा पहिरो जाँदा चार जनाको ज्यान गएको छ । महाराष्ट्रको रायगढ इरशालवाडी गाउँमा पहिरो गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा परेका २२ जनाको जीवितै उद्धार गरिएको छ ।

पहिरोमा केही पुरिएका हुन सक्ने आशङ्कामा खोजी तथा उद्धारको काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा ३० परिवार प्रभावित भएका हुन सक्ने अनुमान गरिएको छ ।

पहिरो प्रभावित क्षेत्रमा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिंदे पनि पुग्नु भएको खबरमा उल्लेख गरिएको छ । रायगढका जिल्लाधिकारी योगेश महासेले गएराति पहिरो गएको पुष्टि गर्नुभएको हाे । पहिरो प्रभावित क्षेत्र विकट क्षेत्रमा रहेकाले राहत पुर्याउन चुनौती रहेको उहाँले बताउनु भएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया