अब विदेश भ्रमणमा जाँदा २५ सय डलर सटही सुविधा

 साउन ७, २०८० आइतबार १८:३४:२१ | रासस
unn.prixa.net

काठमाण्डाै – विदेश भ्रमणमा जाने नेपाली नागरिकले पाउने सहटी सुविधा बढेको छ । 

नेपाल राष्ट्र बैंकले आज आइतवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भारतबाहेक अन्य देशको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर दुई हजार पाँच सयसम्म सटही सुविधा उपलबध गराउने भएको हो । अहिले त्यस्तो सुविधा अमेरिकी डलर एक हजार पाँच सय बराबरमात्रै थियो । 

यसअघि वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै केन्द्रीय बैंकले न्यून मात्रामा मात्रै डलर सटही सुविधा पाउने व्यवस्था गरेको थियो । हवाई सेवा प्रदायकहरूलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्कको भुक्तानी विदेशमा गर्दा नियामक निकायको स्वीकृतिमा वा तोकिएका कागजातसमेतको आधारमा अमेरिकी डलर एक लाख वा त्याे बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्मको रकम 'क' वर्गका वाणिज्य बैंकमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ । 

कोभिड–१९ को प्रकोप र प्रभाव न्यून हुँदै गएको हुँदा विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयाँमा भुक्तानी गर्न सकिने विद्यमान व्यवस्था मौद्रिक नीतिले हटाएको छ । बैंक तथा वित्तीय संस्थाले यस बैंकको स्वीकृतिमा भित्र्याएको बाह्य ऋणमा अन्तर्निहित विदेशी विनिमय जोखिम व्यवस्थापनका लागि स्वापलगायतका उपकरणका सम्बन्धमा गरिएको अध्ययनका आधारमा त्यस्ता उपकरण उपलब्ध हुने व्यवस्था गरिने भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया