अर्घाखाँचीकाे चुनढुङ्गा बोक्ने टिपर र ट्र्रयाक्टरमा टाइम कार्ड लागू

 साउन २७, २०८० शनिबार ९:१६:३९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - सन्धिखर्क–गोरुसिङ्गे सडक खण्डको नरपानीदेखि पत्थरकोटसम्म चुनढुङ्गा बोक्ने ट्र्रयाक्टर र टिपरमा टाइम कार्ड लागू भएको छ । 

चुनढुङ्गा बोकेका गाडी तीव्र गतिमा चल्दा दुर्घटनाकाे जाेखिम बढेपछि टाइमकार्ड लागू गरिएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो । 

टाइमकार्ड लागू भएपछि चुनढुङ्गा बोकेका लोड गाडीहरु नरपानीबाट चार घण्टामा पत्थरकोट पुग्नु पर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको  वार्षिक समीक्षा कार्यक्रममा गाडी तीव्र गतिमा गुड्ने हुँदा  असुरक्षा बढेकाे भन्दै दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू गरिएको रिजालले बताउनु भयाे । 

आर्थिक वर्ष २०७९/८०मा जिल्लाभरि गाडी दुर्घटनामा परि १३ जनाको ज्यान गएकाे  रिजालले बताउनुभयो । यस्तै, ट्राफिक नियम उल्लङ्घन गर्ने ६ हजार २ सय १२ गाडीकाे कारबाहीबाट एक वर्षको अवधिमा ३७ लाख २१ हजार रुपैयाँ राजश्व सङ्कलन भएकाे छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया