लमजुङको राइनास कटहरबारीमा जीप दुर्घटना हुँदा नौ जना घाइते

 साउन २७, २०८० शनिबार १४:१९:५६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ–लमजुङको राइनास नगरपालिका–८ कटहरबारीको घुम्ती जोगीडाँडामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । 

राइनास नगरपालिका–१० प्यारजुङबाट सुन्दरबजार नगरपालिका–९ भोटेओडार आउँदै गरेको ग १ ज ६३६९ नम्बरको यात्रुवाहक जीप शनिवार बिहान पौने ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक रेग्मीका अनुसार घाइतेमध्येका चालक सुन्दरबजार नगरपालिका–९ भोटेओडारका ३० वर्षे पुरन गुरुङलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ ।

घाइते गुरुङको दायाँ हातमा चोट लागेको छ । बाँकी ८ जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो ।

घाइतेहरुलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी उपचारका लागि स्थानीय भोटेओडार अस्पतालमा लगेको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया