उपचारका क्रममा बालिकाकाे ज्यान गएपछि गुल्मी अस्पताल तनावग्रस्त

 भदौ १२, २०८० मंगलबार १४:५३:२२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – उपचारका क्रममा बालिकाकाे ज्यान गएपछि गुल्मी अस्पताल तनावग्रस्त बनेको छ । 

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी प्रशंसा मरासिनीको आज मङ्गलवार उपचारका क्रममा ज्यान गएको गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र जिसीले बताउनुभयाे । उहाँले अस्पतालमा भर्ना भएकी बालिकाकाे स्वास्थ्य जाँचका क्रममा रिपोर्ट सामान्य रहेको र उपचारकै क्रममा ज्यान गएकाे प्रतिक्रिया दिनुभयो ।

यसैबीच अस्पतालले मृत्युको कारणबारे स्पष्ट जानकारी नदिएकाे भन्दै पीडित परिवारका आफन्त र स्थानीयले अस्पताल र जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरिरहेका छन् । अस्पतालको लापर्बाहीका कारण बालिकाकाे ज्यान गएकाे उनीहरूकाे आराेप छ ।

सामान्य पेट दुखेकाे भन्दै परिवारले बालिकालाई हिजाे सोमवार अस्पतालमा भर्ना गरेका थिए ।

घटनाको विषयलाई लिएर अहिले गुल्मीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको समन्वयमा जिल्ला प्रशासन कार्यालयमा जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्री, रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी, अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया