नौमुरे जलविद्युत् आयाेजनाकाे ८२ प्रतिशत रकम 'फ्रिज'

 भदौ १२, २०८० मंगलबार १९:१४:२४ | प्रेमनारायण आचार्य
unn.prixa.net

फाइल तस्बिर

अर्घाखाँची – लुम्बिनी प्रदेशका पाँच वटा जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम हुन नसक्दा झन्डै ८२ प्रतिशत रकम 'फ्रिज' भएको छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिका–८ सातमारामा रहेको  आयोजनाले गएकाे आर्थिक वर्ष २०७९/८० मा बजेटको १७ दशमलव ४७ प्रतिशत रकम मात्र खर्च गरेको छ । चालु र पुँजीगत गरेर छ करोड ७९ लाख ५३ हजार रुपैयाँ विनियोजन भएकाेमा जम्मा एक करोड १८ लाख ७६ हजार रुपैयाँ खर्च भएको नौमुरे बहुउद्देश्यीय आयोजना अर्घाखाँचीका प्रमुख जयराम प्रजापतीले बताउनुभयो ।

चालु खर्चतर्फ एक करोड ८५ लाख ५३ हजार विनियोजन भएकाेमा ४२ लाख ६९ हजार रुपैयाँ खर्च भएको छ । यस्तै पुँजीगततर्फ चार कराेड ९४ लाख विनियाेजन भएकाेमा ७६ लाख सात हजार रुपैयाँ मात्र खर्च भएकाे हाे । दरबन्दीअनुसारको कर्मचारी नहुँदा चालु खर्चको रकम 'फ्रिज' भएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयाे ।

सम्भाव्यता अध्ययनअनुसार सात वर्षभित्र आयोजना सम्पन्न हुने लक्ष्य लिए पनि उद्देश्य अनुरूप काम हुन सकेको छैन । बजेट हुँदाहुँदै पनि काम गर्न नसक्नु कार्यालयको कमजोरी रहेको स्थानीयले बताएका छन् । 

आयोजनाको मुख्य कामहरू बाँकी नै रहे पनि अन्य काम अगाडि बढेको कार्यालय प्रमुख प्रजापतीले जानकारी दिनुभयाे । रिभर ट्रेनिङ वर्कको डिजाइन तयार पार्ने, आयोजना क्षेत्रको जग्गा अधिग्रहण, जलाधार क्षेत्र संरक्षण, जलाशयको परिधि छुट्टाउने, शित खोला पुलको डिजाइन तयार पार्ने जस्ता काम सकिएकाे उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया