नगरप्रमुख मण्डलमाथि हातपात, बचाउन खोज्ने नै कुटिए

 कात्तिक १५, २०७५ बिहिबार १५:३९:१२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – धनुषाको हंशपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलमाथि हातपातको प्रयास भएको छ ।

बुधबार नगरपालिका कार्यालयको कार्यकक्षमै मेयर मण्डलमाथि हंशपुर नगरपालिका –४, का सडक उपभोक्ता समितिका अध्यक्ष ३५ वर्षीय रामहृदय यादव र स्थानीय २७ वर्षीय दीपनारायण यादवले हातपातको प्रयास गरेका हुन् ।

दुवैजनाले मेयर मण्डलमाथि हातपात गर्न खोज्दा बचाउन खोज्ने क्रममा हंशपुर नगरपालिका २ का २५ वर्षीय विजय मण्डल नै कुटिएका छन् । बाटो ग्राभेलको लामो समय बितिसक्दासमेत भुक्तानी नदिएको भन्दै उपमोक्ता समितिका अध्यक्ष यादवले मेयरमाथि खनिएका हुन् ।

कार्यकक्षमै आफूमाथि भएको हातपातको प्रयास र आफूलाई बचाउन खोजेका विजय मण्डलमाथि कुटपिट गर्ने अध्यक्ष यादव र उनका सहयोगी दीपनारायणलाई कारबाहीको माग गर्दै नगर प्रमुख मण्डलले दुवैजनाविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराउनुभएको छ ।
 
घटनापश्चात हातपात गर्ने अध्यक्ष रामहृदयलाई जिल्ला प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिए पनि बुधबार राति नै छोडेको थियो । त्यसपछि बिहीबार बिहानैदेखि मेयर मण्डलसहित स्थानीयहरु जिल्ला प्रहरी कार्यालय पुगेका थिए । शुरुमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले अनुसन्धानपश्चात मात्र मुद्दा गर्ने भन्दै जाहेरी दर्ता गर्न मान्नु भएको थिएन । तर मेयर मण्डलले आफू जाहेरी दर्ता नगराई नफर्किने बरु धर्ना दिने बताएपछि दिउँसो अढाई बजे  प्रहरीले जाहेरी दर्ता गरेको हो ।
 
मेयर मण्डलले काममा त्रुटि गरेको शंका लागेका केही उपभोक्ता समितिको भुक्तानी रोकेको र छानबिनपश्चात मात्र आर्थिक वर्ष २०७५–०७६ मा भुक्तानी गर्ने नगरपालिकाबाट निर्णय नै गरेको बताउनुभयो । तर उपमोक्ता समितिका अध्यक्ष यादव आफूलाई फोनमा समेत धाकधम्की दिएको र कार्यालयमा समेत आएर आफूमाथि हातपात गर्ने प्रयास गरेकाले कडा कारबाही हुनुपर्ने माग मेयरले गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया