अर्घाखाँचीमा चट्याङले एक जनाको ज्यान गयो, चार गम्भीर घाइते

 भदौ १८, २०८० सोमबार १८:३३:२५ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँची मालारानीको गोखुंगामा आज दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

त्यस्तै चट्याङ लागेर अन्य चार जना जना गम्भीर घाइते भएका छन् । 

ज्यान जानेमा अर्घाखाँचीको मालारानी गाउँपालिका–९ गोखुंगा सेपानेका स्थानीय २० वर्षीय मिलन खनाल रहेका छन् ।

सन्धिखर्क अस्पतालमा उपचारको क्रममा  खनालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द रिजालले बताउनु भयो ।

चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुनलाई भने उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटबल रिफर गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया