मलेसियामा रक्सी खाएर मुक्का हानी पसलको झ्याल फोडेको आरोपमा दुई नेपाली हिरासतमा

 भदौ २०, २०८० बुधबार १७:४५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियामाको तमन मेलावती क्षेत्रमा रहेको एक पसलको झ्याल फुटाइदिएको आरोपमा दुई नेपाली युवा पक्राउ परेका छन् ।

रक्सी खाएर मातेका दुई नेपाली युवाले मुक्का हानेर पसलको सिसा फोडेर भागेको पाइएपछि उनीहरूलाई हिरासतमा लिइएको मलेसियन प्रहरीले जनाएको छ ।

स्थानीय सञ्चार माध्यम द स्टारका अनुसार सीसीटीभी फुटेज जाँच गर्दा दुई युवाले झ्यालको सिसा मुक्का हानेर फुटाएपछि भागेको देखिएको थियो । 

गएको शुक्रवार बिहान पसलमा आउँदा म्यानेजरले पसलको सिसा फुटेको अवस्थामा देखेका थिए । 

झ्यालको सिसा फुटेको पाइएपछि सीसीटीभी जाँच गर्दा अघिल्लो दिन अर्थात् अगस्ट ३० का दिन रक्सीले मातेको अवस्थामा दुई युवाले चार मुक्का हानेर सिसा फोडेको देखिएको  खबरमा उल्लेख छ ।

यो घट्नामा संलग्न २१ र २२ वर्षका दुई नेपाली युवालाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेको छ । उनीहरूको नेपालको ठेगाना र परिचय भने खुलाइएको छैन । 

उनीहरू दुवै जना त्यही क्षेत्रको एक मलको पसलमा सहायक कामदारको रूपमा काम गर्ने रहेको पाइएको छ । 

तर उनीहरूले त्यसअघि मलेसियामा कुनै पनि आपराधिक क्रियाकलाप भने नगरेको पाइएको छ । अहिले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको र कानुनको उल्लङ्घन  गर्ने जो कोही पनि कारबाहीबाट नबच्ने मलेसियन प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया