फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

 भदौ २४, २०८० आइतबार १९:४४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

स्याङ्जाकाे वालिङ नगरपालिका–१२ घर भई अहिले काठमाण्डाैकाे सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेकाे हाे । गुरुङले राजभक्त रानाभाटलाई वैदेशिक राेजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गरेकाे काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

गुरुङले रानाभाटलाई फ्रान्समा हाेटलमा काम लगाइदिने र महिनाकाे एक लाख रुपैयाँभन्दा धेरै तलब हुन्छ भन्दै प्रलाेभनमा पारेका थिए । गुरुङले फ्रान्स जान १७ लाख रुपैयाँ लाग्ने भन्दै पीडितबाट पटक पटक गरेर १४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएका गुरुङलाई आज आइतवार सुकेधाराबाट पक्राउ गरेकाे हाे ।

पक्राउ परेका गुरुङलाई थप अनुसन्धानका तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएकाे प्रहरीकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया