वैदेशिक रोजगारीको अवस्थाबारे छलफल गर्न प्रमुख श्रम गन्तव्य देशका राजदूत काठमाण्डौमा

 भदौ २५, २०८० सोमबार ७:४६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली श्रमिक कार्यरत प्रमुख श्रम गन्तव्य देशमा खटिएका नेपाली राजदूतहरु काठमाण्डौ आएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीको क्षेत्रमा फेरिएको अवस्थाबारे प्रधानमन्त्री र मन्त्रीहरुसँग छलफल गर्न उनीहरु काठमाण्डौ आएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा आज र भोलि हुने छलफलमा श्रम स्वीकृतिदेखि नेपाली श्रमिकले भोगेका समस्या र समाधानको उपायको विषयमा कुराकानी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा सुरक्षित वैदेशिक रोजगारीका लागि श्रमिक भर्ना प्रक्रिया, घरेलु श्रमिकको भर्ना सम्बन्धी लिइएको मापदण्ड, वैदेशिक रोजगारीको मागपत्र प्रमाणीकरण, खाडी र मलेसियामा कार्यरत नेपालीको श्रमिकको अवस्थाबारे राजदूतहरुले जानकारी गराउने छन् ।

यस्तै, युरोप रोजगारीको विषयमा पनि छलफल हुने कार्यक्रम छ । पछिल्लो समय युरोपमा नेपाली श्रमिकको उच्च माग भएपछि श्रम मन्त्रालयले मागपत्र प्रमाणीकरणलाई सहजीकरण र संशोधन गर्नका लागि वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका बनाए पनि परराष्ट्रबाट अगाडि बढेको छैन । युरोपमा मागपत्र प्रमाणीकरण रोकिँदा संस्थागत रूपमा नेपाली श्रमिक युरोप जानबाट वञ्चित भइरहेका छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया