जापानमा ८० वर्षमाथिका व्यक्तिको सङ्ख्या कुल जनसङ्ख्याको १० प्रतिशत, ९० लाखभन्दा बढी वृद्धवृद्धा काम गर्दै

 असोज १, २०८० सोमबार १५:४:६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जापानमा ८० वर्ष वा त्योभन्दा बढी उमेर काटेका व्यक्तिको सङ्ख्या कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा धेरै पुगेको छ । जापानले आज साेमवार मनाइरहेको 'रेस्पेक्ट फर एज्ड डे' का अवसरमा सार्वजनिक नयाँ तथ्याङ्कअनुसार हरेक १० जना मानिसमध्ये एक जना ८० वर्ष भन्दामाथिको उमेर समूहका रहेका देखाएको एएफपीले जनाएको छ ।

यस्तै जापानको ६५ वर्ष वा त्योभन्दा बढी उमेरको जनसङ्ख्याको हिस्सा बढेर २९ दशमलव १ प्रतिशत पुगेको छ । जापानमा विश्वमा सबैभन्दा बढी वृद्धवृद्धा रहेका त्यहाँको आन्तरिक मामिला मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । अस्थिर रोजगारी र आर्थिक कठिनाइका कारण युवाहरूले विवाह र बच्चा जन्माउन ढिलाइ गरिरहेका कारण दशकौँदेखि जापानको जनसङ्ख्या घट्दै गएको छ । पहिलेको जनशक्ति वृद्ध हुँदै गएकोले वृद्ध उमेरको जनसङ्ख्या बढेको हो ।

जापानमा ९० लाखभन्दा बढी वृद्धवृद्धाले काम गरिरहेका छन् । जुन श्रमशक्तिको १३ दशलमव ६ प्रतिशत वा सातमध्ये एक जना कामदार हुन् । जापानमा ७० देखि ७४ वर्ष उमेर समूहका एक तिहाइभन्दा बढी मानिसले रोजगारी पाएका छन् ।

सन् २०४० सम्ममा जापानको कुल जनसङ्ख्याको झन्डै ३५ प्रतिशत वृद्धवृद्धा रहने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया