युरोपका देश पठाउँछु भन्दै पैसा लिएर नपठाउने र बढी शुल्क लिने दुई म्यानपावर परे कारबाहीमा

 असोज ४, २०८० बिहिबार १०:५७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा पठाउन श्रमिकसँग बढी शुल्क लिने र पैसा लिएर पनि विदेश नपठाउने दुई म्यानपावर कम्पनी कारबाहीमा परेका छन् ।

श्रमिकलाई रोजगारीका लागि युक्रेन, रोमानीया र पोल्यण्ड पठाउने भन्दै रकम लिई नपठाएको र लिएको रकम समेत फिर्ता नगरेपछि विभागले युनाइटेड म्यानपावर एजेन्सी प्रालिलाई निलम्बन गरेको छ । यो म्यानपावरले श्रमिकहरूबाट रकम लिएर लामो समयसम्म पनि रोजगारीका लागि पठाएको थिएन ।

श्रमिकहरूले आफूले तिरेको रकम फिर्ता माग्दा समेत नदिएपछि विभागमा उजुरी परेको थियो । म्यानपावरका सञ्चालकलाई पटक पटक सम्पर्क गरी ऐन अनुसार रकम फिर्ता गरी मुद्दाको फरफारकका लागि अनुरोध गरे पनि नटेरेपछि निलम्बन गरेको विभागले जनाएको छ । 

यस्तै युरो एसिया एचआर सोलुसन प्रालिले वैदेशिक रोजगारीमा श्रमिक पठाउन बढी रकम लिएको पाइएपछि लिएको बढी रकम श्रमिकलाई नै फिर्ता गराई विभागले एक लाख रुपैयाँ जरिबाना गराएको छ ।

भिसा शुल्क, सेवा शुल्क तथा प्रवर्द्धन खर्च लगायतका नाममा लाग्ने भन्दा बढी रकम लिएको भन्दै म्यानपावरलाई आउँदा दिनमा यस्तो कार्य नदोहोर्‍याउन निर्देशनसहित एक लाख रुपैयाँ जरिवाना गरिएको विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया