युरोप र अमेरिका पठाउने भन्दै तीन करोड ठगी गर्ने विस एचआर सोलुसनको इजाजत रद्द, सञ्चालक विरुद्ध मुद्दा दायर

 असोज ४, २०८० बिहिबार १३:४६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युरोपका विभिन्न देश, जापान र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने विस एचआर सोलुसन प्रालिको इजाजत रद्द गरी सञ्चालक विरुद्ध वैदेशिक रोजगार विभागले मुद्दा दायर गरेको छ । 

म्यानपावरका सञ्चालक तुलसी प्रसाद श्रेष्ठ, लाल बहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइरालाको समेत मिलेमतोमा सरिता भुजेल लगायतका ४३ जनालाई युरोपका विभिन्न देश, जापान र अमेरिका पठाइदिन्छु भन्दै तीन करोड ८२ लाख २८ हजार चार सय ९८ रुपैयाँ ठगी गरेको पाइएपछि विभागले म्यानपावरको इजाजत रद्द गरी वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो । 

वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत लिएको विस एचआर सोलुसन म्यानपावरका सञ्चालक उनीहरूले रकम लिएपछि पीडित श्रमिकलाई वैदेशिक रोजगारीमा पनि नपठाउने र लिएको रकम पनि फिर्ता नदिने गरेपछि विभागमा उजुरी परेको थियो । 

उजुरी उपर छानबिन गरी विभागले म्यानपावरका सञ्चालक विरुद्ध तीन करोड ८२ लाख २८ हजार ४ सय ९८ रुपैयाँ बिगो र त्यसको ५० प्रतिशतले हुन आउने हर्जानासमेत भराउने मागदावी सहित मङ्गलवार न्यायाधिकरणमा अभियोगपत्र दायर गरिएको विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया