टर्की पठाइदिन्छु भनेर १ करोड १६ लाख रुपैयाँ ठगी, पोखराकी सुरुची भुजेल पक्राउ

 असोज ९, २०८० मंगलबार १५:७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भनेर एक करोड १६ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ५ लेखनाथ टोलकी सुरुची भुजेललाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । पक्राउ परेकी भुजेलसमेतले टर्कीमा गएको भूकम्पपछि पुनःनिर्माणका लागि संयुक्त राष्ट्र सङ्घ माताहत रहेर काम गर्नुपर्ने र मासिक १४ सय डलरमा काम लगाइदिने भन्दै पैसा उठाएका थिए ।

पक्राउ परेका श्रेष्ठले सिर्जनकुमार राईसहित ३० जनाको एक करोड १६ लाख रुपैयाँ ठगी गरेको महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । विनोदले टर्की पठाइदिन्छु भनी रकम ठगी गरी पीडित भएका व्यक्तिहरूले आवश्यक कागजातसहित केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया