पर्यटन प्रवर्द्धनका लागि कात्तिक १५ गतेदेखि गुल्मी महोत्सव

 असोज १३, २०८० शनिबार १८:५१:३२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको पर्यटन प्रवर्द्धनका लागि महोत्सव सञ्चालन हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ अन्तर्गतउपल्लो तम्घासमा गुल्मी उद्योग संघले महोत्सवको आयोजना गर्न लागेको हो ।

शनिवार पत्रकार सम्मेलन मार्फत कात्तिक १५ गतेदेखि २५ गतेसम्म गुल्मीमा ऐतिहासिक प्रथम गुल्मी महोत्सव सञ्चालन हुन लागेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी गराउनु भएको छ ।

नेपालीको मुख्य चाड दशैँ र तिहारको बीचमा गुल्मी आउने मानिसहरूको लागि बिदाको अवसर पारेर गुल्मीको पहिचान गराउनका लागि महोत्सव आयोजना गर्न  लागिएको अध्यक्ष भुसालले बताउनु भयो । महोत्सव सञ्चालनका लागि संघले अध्यक्ष नवराज भुसालको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ ।

महोत्सव व्यवस्थापनका लागि संघले विभिन्न समितिहरु गठन गरेर तयारी शुरु गरेको छ । ११ दिनसम्म चल्ने गुल्मीको ऐतिहासिक प्रथम गुल्मी महोत्सवमा एक लाख दर्शक भित्र्याउने र ६० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

महोत्सवमा कृषि र पर्यटन प्रवर्द्धनका जोड दिइने बताइएको छ । राष्ट्रिय कलाकारबाट साँस्कृतिक कार्यक्रम, स्थानीय संस्कृति प्रदर्शन, तम्घासस्थान मन्दिरको प्रचार प्रसार र स्थानीय तहका विभिन्न प्रकारका पहिचानलाई चिनाउने गरी महोत्सव सञ्चालन गर्न लागिएको गुल्मी उद्योग संघका महासचिव सुदर्शन खनालले बताउनु भयो ।

गुल्मीको सदरमुकाम तम्घास नजिकै पर्यटकीय तथा धार्मिक स्थल अर्जुन डाँडाको काखमा सञ्चालन हुन गइरहेको महोत्सवले रेसुङ्गा नगरपालिकाले शुरु गरेको ‘जाउँ हिँड रेसुङ्गा’ भन्ने अभियानलाई समेत जोडेको हुँदा महोत्सव झनै महत्वपूर्ण हुने बताइएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया