सिक्किममा ठूलाे वर्षापछि आएको बाढीले सेनाका २३ जवान बेपत्ता

 असोज १७, २०८० बुधबार १२:१३:४७ | एजेन्सी
unn.prixa.net

भारतको पूर्वोत्तर राज्य सिक्किममा ठूलाे वर्षापछि टिस्टा नदीमा आएको बाढीले भारतीय सेनाका २३ जवान बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बाढीले सेनाका केही गाडी पनि बगाएको छ ।  

यस्तै, बाढीमा परेर  जलविद्युत् आयोजनाका केही कर्मचारी पनि बेपत्ता भएका आशङ्का गरिएको छ । राति अचानक आएको बाढीका कारण धेरै नोक्सानी भएको खबरमा उल्लेख छ । वर्षाका कारण त्यहाँको राष्ट्रिय राजमार्गसहित धेरै सडकमा क्षति पुगेको छ ।

सडक सम्पर्क टुट्दा राहत तथा उद्धारमा कठिनाइ भएको छ । बाढीको जोखिम बढेपछि जलपाइगुडीमा नदी आसपासका क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया