कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी देशभरमै पहिलाे

 असोज १७, २०८० बुधबार १६:१:५५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै पहिलो बनेको छ । गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच गएकाे आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन सम्झौता (सीपीएएस) मूल्याङ्कनको आधारमा ७७ जिल्लामध्ये गुल्मी उत्कृष्ट जिल्ला बनेको हो ।

गएकाे आर्थिक वर्षमा ९६ दशमलव ४४ अङ्क प्राप्त गरी अति उत्कृष्टसहित गुल्मीले प्रथम स्थान हासिल गरेकाे प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयाे । गृह मन्त्रालयले दिएको छ वटा सूचक मापनभित्र रहेका ७७ वटा उपसूचकलाई पूरा गरी गुल्मी देशभरका जिल्ला प्रशासन कार्यालयभन्दा आफूलाई अब्बल र उत्कृष्ट जिल्ला बनाउन सफल बनेको हो ।

गृह मन्त्रालयले दिएका सूचकहरूमा शान्ति सुरक्षा तथा सेवा प्रवाह, मुद्दा फर्स्याेट, शासकीय प्रबन्ध, लागुऔषध नियन्त्रण, अपराध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरण लगायतका विषयहरू रहेका थिए ।

गुल्मीलाई उत्कृष्ट जिल्ला बनाउन सहयोग गरेको भन्दै प्रमुख जिल्ला अधिकारी केसीले जिल्लाका जनप्रतिनिधि, अर्धवार्षिक कार्यसम्पादनको समयमा कार्यरत प्रजिअ/सहप्रजिअ, सुरक्षा निकाय, राजनीतिक दल, कार्यालय प्रमुख तथा कर्मचारी, नागरिक समाज, विभिन्न सङ्घ–संस्था एवम् सञ्चारकर्मीप्रति आभार व्यक्त गर्नुभएको छ । गुल्मी उत्कृष्ट जिल्ला घोषणा भएसँगै जिल्लावासी खुशी भएका भएका छन् ।

यसअघि पनि गुल्मी कार्यसम्पादन मूल्यांकनमा पहिलो बनेको थियो । यस पटक रुकुम (पश्चिम) ९६ दशमलव १३ अङ्क प्राप्त गरी दोस्राे र रुपन्देही ९६ दशमलव ०० अङ्क प्राप्त गरी तेस्राे बनेकाे छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया