भारतले इजरायलबाट पहिलाे चरणमा ल्यायाे २ सय १२ जना नागरिक

 असोज २६, २०८० शुक्रबार ८:३६:१० | एजेन्सी
unn.prixa.net

भारतले इजरायलबाट आफ्ना नागरिक फिर्ता ल्याउन ‘अपरेशन अजय’ शुरु गरेको छ ।

हमाससँगको युद्धकाबीच इजरायलका विभिन्न सहरमा फसेका भारतीय नागरिकलाई बाहिर निकाल्न भारत सरकारले ‘अपरेशन अजय’ सञ्चालन गरेको हो । पहिलो खेपमा इजरायलमा फसेका २ सय १२ जनालाई विशेष विमानमार्फत् आज बिहान नयाँ दिल्ली ल्याइएको छ ।

पहिलो खेपमा महिला, वृद्धवृद्धा र बालबालिका गरी २ सय १२ जना भारत फर्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वदेश फर्किएका उनीहरुले खुशी व्यक्त गदै सरकारलाई धन्यवाद दिएका छन् । गएको शनिवार हमासले इजराइलमा आक्रमण शुरु गरेको थियो । त्यसयता निरन्तर आक्रमणका घटना भइरहेका छन् । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया